अनेरास्ववियूले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिको विरोधमा अर्थमन्त्री र आपूर्तिमन्त्रीको पुत्ला जलायो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अनेरास्ववियूले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिको विरोधमा अर्थमन्त्री र आपूर्तिमन्त्रीको पुत्ला जलायो


७ असार २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिको विरोध गरेको छ ।

अध्यक्ष सुदेश पराजुली नेतृत्वको अखिलका विद्यार्थीले शंकरदेव क्याम्पसअगाडि अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्लासमेत जलाएका छन् । सो क्रममा प्रहरीले बल प्रयोग गर्दा सामान्य झडपसमेत भएको छ ।

प्रदर्शनको क्रममा ‘मूल्यवृद्धि फिर्ता गर’, ‘नालायक सरकार राजीनामा दे’, ‘शेरे तेरो पाराले दुस्ख पायो साराले’ जस्ता नारा लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस