काठमाडौँवासीसँग सम्बन्धित नभएको कार्यक्रममा गाली गर्न किन समय र ऊर्जा खर्चिने ? : मेयर बालेन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँवासीसँग सम्बन्धित नभएको कार्यक्रममा गाली गर्न किन समय र ऊर्जा खर्चिने ? : मेयर बालेन


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौँवासीसँग सम्बन्धित नभएको विषयमा काठमाडौँलाई गाली गरेको बताएका छन् ।

उनले आफूलाई व्यक्तिगत गाली र आलोचना गर्न पाइने तर महानगरवासीलाई गाली गर्न नपाइने बताएका हुन् ।

‘मलाई व्यक्तिगतरूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौँसँग र काठमाडौँवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौँलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो ।’

उनले भने, ‘काठमाडौँ केवल राजधानी मात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौँ कसैको जन्मभूमि, कसैको कर्मभूमि हो । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ । गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरूको सुन्ने छु । अथवा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने छु,’ मेयर साहले भनेका छन् ।

यसअघि, बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई ‘काठमाडौँ महानगरलाई गाली गर्ने कार्यक्रम’ भन्दै बालेनले असन्तुष्टि जनाएका थिए ।

बागमतीका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले काठमाडौँको फोहोर काठमाडौँमै व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस