थप ११ सहसचिवको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप ११ सहसचिवको सरुवा


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । सरकारले थप ११ जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् ।

पछिल्लो ६ महिनामा हरेक जसो महिना गरी ८ पटक भन्दा धेरै पटक सहसचिवहरूको सरुवा भइसकेको छ । सरकार परिवर्तनै पिच्छे पहिलो प्राथमिकतामा पर्ने गरेको कर्मचारी सरुवामा पनि सबैभन्दा धेरै सहसचिवहरूलाई नै चलाइँदै आएको देखिन्छ ।

सम्बन्धित समाचार : थप ३२ सहसचिवको सरुवा, राजश्व विभागका महानिर्देशक तानिए अतिरिक्तमा

सम्बन्धित समाचार : १८ जना सहसचिवको पदस्थापन

सम्बन्धित समाचार : १० सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

सम्बन्धित समाचार : ४९ सहसचिवको सरुवा

सम्बन्धित समाचार : ६ सहसचिवको पदस्थापन

सम्बन्धित समाचार : ३० सहसचिवको सरुवा [नामावलीसहित]

सम्बन्धित समाचार : ८५ सहसचिवको सरुवा [नामावलीसहित]

कार्यालयको आवश्यकता र कर्मचारीको विज्ञता भन्दा दल तथा जनप्रतिनिधिहरूको मागका सामान्य प्रशासन मन्त्रालयको आपूर्ति गर्न थालेसँगै रातारात निर्णय परिवर्तन हुनेदेखि महिना दिनमै पनि सरुवा हुन थालेको छ । जसले निजामतीलाई थप अस्थिर बनाई रहेको प्रशासनविद्हरूको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस