काठमाडौँ । सरकारले ३० जना सहसचिवको सरुवा गरेको छ ।
प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार विभिन्न सेवाका गरी ३० जना सहसचिवको सरुवा भएको हो । केही दिनअघिको सरुवामा त्रुटि भएका र थप नयाँ गरी ३० जना सहसचिवहरूको सरुवा भएको हो ।
सम्बन्धित समाचार : २९ सहसचिवको सरुवा सूची तयार
केही दिन अघि मात्रै ८५ जना सहसचिवको सरुवा भएको थियो ।
सम्बन्धित समाचार : ८५ सहसचिवको सरुवा नामावलीसहित
मन्त्रिमण्डल विस्तार नहुँदै सचिव, सहसचिव, उपसचिवलगायत सयौँ कर्मचारीको सरुवा भइसकेको अवस्थामा नयाँ मन्त्रीसँगै थप केही कर्मचारीहरू सरुवा हुनेछन् । समयावधि पुगेर सरुवा गर्नै पर्ने तथा नयाँ सरकारसँगै सामान्य हेरफेर गरिनु ठिकै भए पनि उथलपुथल नै हुने गरी गरिएको सरुवाले कर्मचारी चलाउनेबाहेक सेवा प्रवाहमा भने तात्त्विक असर पर्नेछैन ।
हेर्नुहोस् नामावली


