१८ जना सहसचिवको पदस्थापन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

१८ जना सहसचिवको पदस्थापन


२ माघ २०७८, आइतबार


समायोजन

काठमाडौँ । १८ जना सहसचिवको पदस्थापन गरिएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ज्येष्ठताको आधारमा बढुवा भएका नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)हरूलाई मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेको पत्र दिएको हो । बढुवा सूचना प्रकाशित भएको ३६ औँ दिनमा उजुरी नपरेको अवस्थामा स्वतः बढुवा हुने प्रावधान अनुसार मन्त्रिपरिषद्को ३० गतेकै निर्णयअनुसार उनीहरू बढुवा भएका थिए । 

पदस्थापन हुने सहसचिवहरूमा पद्मनिधि सोती, रामलाल श्रेष्ठ, सूर्य प्रसाद सेढाई, कृष्णप्रसाद तिम्सिना, शिवनाथ पौडेल, हेमराज सुवेदी, रामहरि ज्ञवाली, नारायण प्रसाद शर्मा, चन्द्र कुमार श्रेष्ठ र हीरामणि शर्मा रहेको छन् । यसैगरी उपेन्द्र बहादुर ढुङ्गाना, लालबाबु कवारी, ज्ञानेन्द्र प्रसाद ढकाल, अञ्जन कुमार मिश्र, प्रेमराज गिरी, तुलसी बहादुर श्रेष्ठ, देवेन्द्र लामिछाने र टामलाल पाण्डे रहेको मन्त्रालयले जनाएको छ । 

अतिरिक्त समूहमा पदस्थापन गरिएका सबै सहसचिवहरूलाई आचारसंहिता पछि अर्थात् माघ १२ गते पछि सङ्घ, प्रदेश तथा स्थानीय तहमा व्यवस्थापन गरिने छ । सामान्यतया: पहिलो पोष्टिङ प्रदेश तथा स्थानीय तहमै गरिँदै आएकोले नवनियुक्त सहसचिवहरूलाई प्रदेश पठाएसँगै अवधि पुगेका सहसचिवहरू सङ्घमा आउनेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस