६ सहसचिवको पदस्थापन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

६ सहसचिवको पदस्थापन


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । सरकारले ६ जना सहसचिवको पदस्थापन गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेका प्रशासन सेवातर्फका सहसचिवहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा पदस्थापन गरेको थियो ।

लोक सेवा आयोगले कार्तिक १२ गते खुल्लाबाट माधवप्रसाद पोखरेल, तीर्थराज चिलुवाल, रामचन्द्र तिवारी, भोला दाहाल र आदिवासी जनजाति तर्फ रेखा दास र दलिततर्फ मेखबहादुर मंग्रातीलाई नियुक्तिका लागि सिफारिस सूची प्रकाशित गरेको थियो । पदस्थापन गरेका सहसचिवहरूलाई मङ्गलवार सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्यालले नियुक्ति पत्र प्रदान गरेका थिए । 

अतिरिक्त समूहमा पदस्थापन भएका सहसचिवहरूलाई केही दिनमा विभिन्न निकायमा पठाइने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस