नारायणहिटी प्रकरण : कार्यकारी निर्देशक भेषनारायण दाहालद्वारा राजीनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नारायणहिटी प्रकरण : कार्यकारी निर्देशक भेषनारायण दाहालद्वारा राजीनामा


२७ पुस २०७८, मंगलबार


काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानबिन गर्न मन्त्रालयले बनाएको समितिले हिजो (सोमबार) मात्र कार्यकारी निर्देशक दाहाललाई कारबाही गर्न सिफारिस गरेको थियो ।

आज (मङ्गलबार) दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेयले बताएका छन् ।

सम्बन्धित समाचार : नारायणहिटी दरबार सङ्ग्रहालयमा रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन

सम्बन्धित समाचार : नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालन गर्न दिएको विषयको छानबिनका लागि समिति गठन

Tags :
प्रतिक्रिया दिनुहोस