नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालन गर्न दिएको विषयको छानबिनका लागि समिति गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालन गर्न दिएको विषयको छानबिनका लागि समिति गठन


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्राहलयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव होप्रसाद लुइँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

मन्त्रालयले समितिलाई तीन दिनको म्याद दिई राय सुझावसहितको प्रतिवेदन तयार गर्न निर्देशन दिएको हो ।

समितिको सदस्यहरूमा मन्त्रालयका उपसचिव त्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेका छन् । आज (बिहीबार) मन्त्रीस्तरको निर्णयले समिति गठन गर्न भनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस