नारायणहिटी दरबार सङ्ग्रहालयमा रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नारायणहिटी दरबार सङ्ग्रहालयमा रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन


२० पुस २०७८, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशसँगै नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण कार्य रोकिएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई पत्राचार गर्दै मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न भनेको हो ।

‘यस नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र त्यस प्रालि बिच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चारमाध्यमहरूमा आएका समाचारका विवाद सिर्जना हुन गएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ पत्रमा लेखिएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालयमा रेस्टुरेन्ट खोल्ने समाचार बाहिरिएसँगै सामाजिक सञ्चालनमा चर्को आलोचना तथा विरोध भएको थियो ।

पछिल्लो समय समिति त्यसको संरक्षण भन्दा पनि व्यापारतिर अग्रसर भएको देखिन्छ । ऐतिहासिक स्थानहरूको महत्त्व नबुझ्दा त्यस्ता स्थानहरूको पहिचान नै नामेट हुन जानेतर्फ समितिलाई नै सजग गराउन जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस