शाखा अधिकृत सबै सेवाका विज्ञापन स्थगन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शाखा अधिकृत सबै सेवाका विज्ञापन स्थगन


१९ पुस २०७८, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगन गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै मङ्सिर २९ गते प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदहरूको सूचना नं. ४१८/०७८-०७९ अन्तर्गतको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचनाहरू र सूचना नं. ४१९/ ०७८-०७९ अन्तर्गतका न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र सङ्घीय संसद् सेवाका खुल्ला तथा समावेशी समूहका सबै विज्ञापनहरू दरखास्त लिने कार्य अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको हो ।

लोक सेवा आयोगले २०७६ मा गरेको विज्ञापन बमोजिम सबै चरणका परीक्षा दिई अन्तिम सिफारिसको पर्खाइमा रहेका परीक्षार्थिहरुको योग्यता क्रम प्रकाशित पछि मात्रै अर्को विज्ञापन हुनुपर्ने माग गर्दै दायर रिटमा पुस उच्च अदालत पाटनले १३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पुस १८ गतेसम्मका लागि यथास्थितिमा राख्न भनेको थियो ।

सम्बन्धित समाचार : शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी

उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा. नवराज थपलियाको संयुक्त इजलासले आइतबार लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा गत मङ्सिर २९ गते आयोगले प्रकाशन गरेको विज्ञापनको प्रक्रिया अघि नबढाएर यथास्थितिमा राख्न पुस १३ गते कै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

सम्बन्धित समाचार : शाखा अधिकृत नयाँ भर्ना यथास्थितिमा राख्न उच्च अदालत पाटनको अन्तरिम आदेश

२०७६ साल मङ्सिर २५ गते गरेको विज्ञापन बमोजिम अन्तिम नतिजा र योग्यता क्रम प्रकाशित नगरीकनै लोक सेवा आयोगले २०७८ मङ्सिर २९ गते शाखा अधिकृतको विज्ञापन गरेको भन्दै परीक्षार्थिहरुले मुद्दा दर्ता गरेका थिए ।

सम्बन्धित समाचार : सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीद्वारा लोक सेवा अध्यक्ष र सामान्य सचिवलाई ज्ञापन

सम्बन्धित समाचार : मुख्य सचिव र प्रधानमन्त्री कहाँ पनि पुगे सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृतका परीक्षार्थी

सम्बन्धित समाचार : अधिकृत परीक्षार्थीद्वारा लोक सेवा कार्यालयमा प्रदर्शन

सम्बन्धित समाचार : लोक सेवा अध्यक्षको प्रोफाइलमा कमेन्टको बाढी, अधिकृतहरूले लेखे -आयोगप्रति हामीलाई पूर्ण विश्वास छ

सम्बन्धित समाचार : शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना

सम्बन्धित समाचार : लोक सेवा सम्बन्धी मुद्दा आज पनि स्थगित, अध्यक्षको राजीनामा माग्दै आन्दोलन गर्ने परीक्षार्थीको चेतावनी

Tags :
प्रतिक्रिया दिनुहोस