थप २३२ स्थानीय तहका थप कर्मचारीको सरुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप २३२ स्थानीय तहका थप कर्मचारीको सरुवा


७ पुस २०७८, बुधबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत थप दुई सय ३२ जना कर्मचारीको सरुवा गरेको छ ।

यसअघि गत मङ्सिर २१ मा एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको मन्त्रालयले थप दुई सय ३२ जनाको सरुवा गरेसँगै अर्को व्यवस्था नभएसम्मका लागि भन्दै सरुवा स्थगित गर्ने निर्णयसमेत गरेको छ ।

सम्बन्धित समाचार : स्थानीय तहका एक हजार छ सय १३ कर्मचारीको सरुवा [नामावलीसहित]

सम्बन्धित समाचार : स्थानीय तहका कर्मचारीको सरुवा अर्को व्यवस्था नभएसम्म स्थगित

‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाए पनि स्थानीय तहका कर्मचारीको सरुवा गर्नु संविधान र सङ्घीयताको मर्मविपरित कार्य भएको प्रशासनविद्हरूको भनाई छ ।

महिनौँअघिको दोहोरो सहमतिका आधार गरिएको सरुवाले थप समस्या सिर्जना हुने निश्चित छ । कतिपय स्थानीय तहले एउटै पदका लागि दर्जनौँ व्यक्तिहरूलाई सिफारिस दिएकोले कसलाई हाजिर गराउने भन्ने विषयमा समस्या उत्पन्न हुने देखिएको मन्त्रालय स्रोतको भनाई छ ।

कर्मचारीको पिर मर्कालाई बुझेर सरुवा गरिएको भनिए पनि कतिपय कर्मचारीको सरुवा आर्थिक चलखेल भएकोसमेत ती स्रोतले जनाएका छन् ।

सूची

Tags :
प्रतिक्रिया दिनुहोस