स्थानीय तहका कर्मचारीको सरुवा अर्को व्यवस्था नभएसम्म स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहका कर्मचारीको सरुवा अर्को व्यवस्था नभएसम्म स्थगित


७ पुस २०७८, बुधबार


काठमाडौँ । स्थानीय तहका कर्मचारीको सरुवा औपचारिक रूपमा स्थगित भएको छ ।

२१ मङ्सिरमा एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि सरुवाको कामकाज स्थगित गरेको हो ।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य मन्त्री स्तरीय निर्णयअनुसार अर्को व्यवस्था नभए सम्मको लागि मङ्गलवारको मन्त्री स्तरीय निर्णयबाट स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस