२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजारका लगानीकर्ताको लगानी संरक्षण गर्न गम्भीर छौँ : अर्थमन्त्री

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन् ।

आज (सोमबार) बीमा समितिको भवन उद्घाटन कार्यक्रममा बोल्दै शर्माले सेयर बजार मन्त्रीले घटाउन-बढाउन भूमिका खेल्न नसक्ने र त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताएका छन् ।

शर्माले अर्थ मन्त्रालयले बजारमा अनियमितता गर्ने विरुद्ध छानबिन गरेर कारबाहीसमेत गरिसकेको बताएका छन् । सेयर बजारमा देखिएको समस्या समाधानका लागि विज्ञहरूसँग छलफल भइरहेको मन्त्री शर्माको भनाइ छ ।

लगानीकर्ताले अनावश्यकरूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको भन्दै उनले लगानीकर्तालाई ढुक्क हुन आश्वस्त पारे ।

अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै शर्माले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे । ‘तपाईँलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नुहोला’, शर्माले भने, ‘नठग्गिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने-बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।’

प्रतिक्रिया दिनुहोस