वाग्मतीमा दुई मन्त्री थपिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वाग्मतीमा दुई मन्त्री थपिँदै


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । वाग्मती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले आज दुई मन्त्री थपेर ६ सदस्यीय मन्त्रिमण्डल बनाउँदै छन् ।

थपिने मन्त्रीहरूमा नेकपा(माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसबाट एक–एक जना रहेका छन् । जसमा माओवादी केन्द्रका संसदीय दलका नेता सालिकराम जमरकट्टेल अर्थमन्त्री र नेपाली काँग्रेस संसदीय दलका सचिव निमा लामा स्वास्थ्य मन्त्री बन्न लागेका हुन् ।

थपिने मन्त्रीहरूले आजै साँझ ५ बजे शपथ राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस