प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च परिसरमा आज पनि प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च परिसरमा आज पनि प्रदर्शन


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले आज (सोमबार) दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् ।

हिजो (आइतबार) पहिलो दिन सर्वोच्च अदालतको बिच भागसम्मै पुगेका कानुन व्यवसायीहरुलाई आज भने प्रहरीले छेउमै रोकेको छ ।

उनीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका छन् । साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिने उनीहरुको पूर्वनिर्धारित कार्यक्रम छ ।

नेपाल बार एशोसिएसनको अगुवाइमा जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

१६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ ।

सम्बन्धित समाचार : बारको नेतृत्वमा प्रधानन्यायाधीश जबराविरुद्ध वकिलहरूले धर्ना दिँदै

सम्बन्धित समाचार : कानुन व्यवसायीले गरे कालोपट्टी बाँधेर प्रदर्शन, सर्वोच्च परिसरमा कडाइ

सम्बन्धित समाचार : सर्वोच्च परिसर : सेतो पट्टी बाँधेर पनि प्रदर्शन

सम्बन्धित समाचार : प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन थप चर्काउने बारको चेतावनी

Tags :
प्रतिक्रिया दिनुहोस