कानुन व्यवसायीले गरे कालोपट्टी बाँधेर प्रदर्शन, सर्वोच्च परिसरमा कडाइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कानुन व्यवसायीले गरे कालोपट्टी बाँधेर प्रदर्शन, सर्वोच्च परिसरमा कडाइ


१४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । कानुन व्यवसायीको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ ।

कर्मचारीहरुलाई पनि गेटमा परिचय पत्र देखाएर मात्र प्रवेश गर्न दिइएको छ । सुरक्षाकर्मीहरुको गाडी सर्वोच्च भित्र र बाहिर तम्तयार अवस्थामा राखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालतका कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्दै छन् ।

कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत कानुन व्यवसायीहरु नेपाल बारको कार्यालयबाट सर्वोच्च अदालत परिसरतर्फ लागेका छन् ।

नेपाल बारले आज (आइतबार) बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो ।

विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस