प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन थप चर्काउने बारको चेतावनी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन थप चर्काउने बारको चेतावनी


१४ कार्तिक २०७८, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतको परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले गरेका आन्दोलन थप चर्किने चेतावनी दिएका छन्

आज (आइतबार) सर्वोच्च परिसरमा नेपाल बारको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानुन व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै गरेको विरोध प्रदर्शनमा अध्यक्ष शाक्यले राजीनामा नदिए आन्दोलन थप चर्किने चेतावनी दिएका हुन् ।

उनीहरुले प्रधानन्यायाधीश जबराले गरेका कामहरु विधिवत नमिलेका ठाउँमा मिलाएर नलगे आन्दोलन थप चर्किने चेतावनी दिए ।

विरोध प्रदर्शनमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नै पहिलो बिन्दु रहेको बताए । उनले प्रधानन्यायाधीशले राजीनामा दिएपछि मात्रै न्यायपालिकाले स्वतन्त्र भएर काम गर्न पाउने बताउँदै न्यायपालिका विकृति, विसङ्गति र भ्रष्टाचारपूर्ण हुन नदिनको लागि बाधक तत्वहरुको विरुद्धमा लागि पर्ने बताए ।

कार्यक्रममा पूर्व सभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले स्वतन्त्र, सक्षम न्यायपालिकाको लागि विरोध गर्नुपरेको बताए । उनले संविधानबाट चल्ने न्यायपालिका र संस्थाहरु सबै खतरामा रहेको बताए ।

न्यायपालिकाको विकृति, विसङ्गति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान अन्तर्गत कानुन व्यवसायीहरुले कात्तिक १४, १५, १६ र १७ गते कालो पट्टीसहितको विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस