किस्ताबन्दीमा सिडिओ सरुवा, सिन्धुली र पाँचथरमा पनि फेरिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

किस्ताबन्दीमा सिडिओ सरुवा, सिन्धुली र पाँचथरमा पनि फेरिए


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौं । गृह मन्त्रालयले थप दुई जना सिडिओको सरुवा गरेको छ ।

बिहिबार खोटाङ र दाङका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको गृहले शुक्रबार चिट्ठी पठाउदा सिन्धुली र पाँचथर पनि थपिएका छन् ।

गृह स्रोतका अनुसार पाँचथरका प्रजिअ पुण्य ढकाललाई मन्त्रालय तानेर सिन्धुलीका सुरेश न्यौपानेलाई पाँचथर पठाएको छ । सिन्धुलीमा रमेश न्यौपानेलाई पठाइएको छ ।

सम्बन्धित समाचार : दाङ र खोटाङका सिडिओको सरुवा

बुधबार मात्रै १३ जना सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको गृहको पछिल्लो रणनीति नै सिडिओ सरुवा जस्तो देखिएको गृहकै अधिकारी बताउँछन् ।

सम्बन्धित समाचार : १३ उपसचिवको सरुवा

कामै गर्न नसकेर या कुनै बिबाद पछि मात्रै छोटै अबधिमा सरुवा गर्नुपर्ने अवस्था आउन सक्ने अन्यथा सरुवा गर्ने निश्चित अबधिमा मात्र गर्नु पर्ने भए पनि त्यो भने पालना भएको देखिदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस