दाङ र खोटाङका सिडिओको सरुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाङ र खोटाङका सिडिओको सरुवा


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । दाङ र खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरिएको छ ।

गृह मन्त्रालयले दाङका प्रजिअ राम बहादुर कुरुम्बाङलाई र खोटाङका प्रजिअ मित्रलाल शर्मालाई गृह मन्त्रालयमा सरुवा गरेको हो । कुरुम्बाङको ठाउँमा मन्त्रालयकै हिरा रेग्मी र शर्माको ठाउँमा फणीन्द्र दाहाललाई पठाएको हो ।

नयाँ सरकार गठन यता गृह मन्त्रालयले पटक पटक गरी दर्जनौँ प्रजिअहरुको सरुवा गरेको छ । कर्मचारीको सरुवा नियमित प्रक्रिया भए पनि केही समययता यसैलाई मुख्य कामका रूपमा लिइँदा र कर्मचारीभित्र राजनीतिक आस्था तथा गुट उपगुटका आधारमा जिम्मेवारी दिइँदा कर्मचारीतन्त्र थप अस्थिर बन्दै गएको प्रशासनविद्हरू बताउँछन् ।

त्यसो त दर्जनौँ सहसचिव तथा उपसचिवहरुलाई अहिले बरण्डमा थन्क्याइएको छ । जिम्मेवारी नदिइएपछि उनीहरु हाजिर गर्ने र घर जाने काम गर्न बाध्य छन् । राज्यकोषबाट तलव खुवाईरहँदा जिम्मेवारी विहीन बनाएर राख्नु कति ठीक कति बेठिक हो त्यो त गृहकै उच्च जानिफकारहरुको मर्जि !

Tags :
प्रतिक्रिया दिनुहोस