प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट अनिश्चित, १४ न्यायाधीशको बैठक जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट अनिश्चित, १४ न्यायाधीशको बैठक जारी


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (सोमबार) का लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अनिश्चित बनेको छ ।

१ बजेको लागि बैठक तय भए पनि सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट अनिश्चित बनेको हो ।

प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए ।

तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

अहिले १४ न्यायाधीशको छुट्टै बैठक बसिरहेको छ । बैठकले अब कसरी अघि बढ्ने भन्ने निर्णय लिने बुझिएको छ ।

यस्तै, प्रधानन्यायाधीश जबराको कार्यक्षमता र योग्यताका विषयमा छलफल गर्न नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनको बैठक पनि बसिरहेको छ ।

सम्बन्धित समाचार : सर्वोच्चको फुलकोर्ट आज बस्दै, १४ जना न्यायाधीशले बहिष्कार गर्ने

सम्बन्धित समाचार : सर्वोच्चका न्यायाधीशहरुको बैठक सुरु

Tags :
प्रतिक्रिया दिनुहोस