सर्वोच्चको फुलकोर्ट आज बस्दै, १४ जना न्यायाधीशले बहिष्कार गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चको फुलकोर्ट आज बस्दै, १४ जना न्यायाधीशले बहिष्कार गर्ने


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक अर्थात् ‘फुलकोर्ट’ आज (सोमबार) बस्दै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाएका हुन् ।

जबराले आजको बैठकमा नेपाल बार एसोसिएसनका पदाधिकारीलाई समेत बोलाएका छन् ।

सत्तारुढ गठबन्धनसँग भाग खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दबाब बढ्दै गएको छ । प्रधानन्यायाधीशले आफू विरुद्ध उठेका सबै प्रश्नको उत्तर फुलकोर्टमार्फत दिने बताएका छन् ।

यद्यपि सर्वोच्चका १४ जना न्यायाधीशहरुले आजको बैठक बहिस्कार गर्दै छन् ।

हिजो बसेको १४ न्यायाधीशको बैठकले प्रधानन्यायाधीशमाथि उठेका नैतिक प्रश्नको हल नहुँदासम्म उनैले बोलाएको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस