सर्वोच्चका न्यायाधीशहरुको बैठक सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सर्वोच्चका न्यायाधीशहरुको बैठक सुरु


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशहरुको बैठक सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका न्यायाधीशहरुको बैठक सुरु भएको हो ।

प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए ।

उनले बोलाएको फुलकोर्टको बैठक १४ जना न्यायायाधीशहरु नजाने भएका छन् ।

प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागबन्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूले लगाएका छन् ।

सम्बन्धित समाचार : सर्वोच्चको फुलकोर्ट आज बस्दै, १४ जना न्यायाधीशले बहिष्कार गर्ने

Tags :
प्रतिक्रिया दिनुहोस