तत्काल राजीनामा नदिने, संसद् बैठकमा अनुपस्थित हुने नेपाल पक्षको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तत्काल राजीनामा नदिने, संसद् बैठकमा अनुपस्थित हुने नेपाल पक्षको निर्णय


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरूले संसद् बैठकमा अनुपस्थित रहने र तत्काल राजीनामा पनि नदिने भएका छन्। राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर पुगेका सांसदहरूले राजीनामाको सट्टा अनुपस्थित हुने निर्णय गरेका हुन् ।

आज प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने सोमबारको संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेको एक नेताले जानकारी दिए ।

नेता नेपालले सहमतिका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रस्तुत गरेका सर्तहरूको सम्बोधन हुने सन्देश नआएपछि सांसदहरू राजीनामा दिन संसद् भवन पुगेका थिए।

ओलीले विश्वासको मत लिन सोमबार संसद्को अधिवेशन बोलाएका छन्। उनीहरू अनुपस्थित रहेपछि ओली विश्वास मत लिन असफल हुनेछन् र वैकल्पिक सरकार बनाउन बाटो खुल्ला हुनेछ।

हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।

नेता नेपालले आइतबार राति अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिँदै ६ बुँदे सर्त राखेका थिए ।

सम्बन्धित समाचार : नेपाल–खनाल समूहको बैठक छाडेर बाहिरिए दुई सांसद
सम्बन्धित समाचार : नेपाल-खनाल समूहका सांसदहरूको बैठक सिंहदरवारमा सुरु, कठोर निर्णयको तयारी
सम्बन्धित समाचार : ओलीलाई दिएको ‘डेडलाइन’ घर्किए पछि सामूहिक राजीनामाको तयारीमा माधव पक्ष
सम्बन्धित समाचार : नेपाल–खनाल समूहका सांसदहरूको बैठक सिंहदरवारमा बस्दै, राजीनामाबारे छलफल हुने
सम्बन्धित समाचार : मध्यरातमा वक्तव्य निकाल्दै माधवले भने ‘सर्त नमाने सांसद पदबाट राजीनामा’
सम्बन्धित समाचार : माधव पक्षद्वारा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस