नेपाल-खनाल समूहका सांसदहरूको बैठक सिंहदरवारमा सुरु, कठोर निर्णयको तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल-खनाल समूहका सांसदहरूको बैठक सिंहदरवारमा सुरु, कठोर निर्णयको तयारी


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ। नेकपा(एमाले) माधव नेपाल–खनाल पक्षका सांसदहरूको बैठक सुरु भएको छ । संघीय संसद् सचिवालय सिंहदरवारमा सुरु भएको बैठकमा आज हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

बैठक बिहान साढे नौ बजे बस्ने भनिए पनि केही ढिला गरी सुरु भएको छ ।

आइतबार पार्टी अध्यक्ष ओलीलाई नेपालले ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका थिए । ओलीले कुनै रिस्पोनस नदेखाएपछि यसबारेमा थप छलफल गर्नको लागि बैठक बस्न लागेको नेपाल निकट एक सांसदले जानकारी दिए । प्रतिनिधिसभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरूले राजीनामा दिने/नदिने विषयमा छलफल हुने छ ।

आज दिउँसो १ बजे संसद्को विशेष अधिवेशन बस्दै छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस