नेपाल–खनाल समूहका सांसदहरूको बैठक सिंहदरवारमा बस्दै, राजीनामाबारे छलफल हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल–खनाल समूहका सांसदहरूको बैठक सिंहदरवारमा बस्दै, राजीनामाबारे छलफल हुने


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल समूहको बैठक सिंहदरवारमा बस्ने भएको छ । बैठक बिहान साढे नौ बजे बोलाइएको स्रोतले जानकारी दिएको छ ।

आज प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्रीले लिने भनिएको विश्वासको मतको बारेमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए । स्रोतका अनुसार बैठकमा राजीनामा दिने नदिनेबारे पनि छलफल गरिने छ ।

नेता माधव कुमार नेपालले आइतबार राती प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ बुँदे माग राख्दै सोमबार बिहान ९ बजेसम्मको समयसीमा दिएका थिए । आफ्ना माग पूरा नभए सामूहिक राजीनामा दिने भनेका थिए । प्रधानमन्त्री ओलीलाई दिएको समयसीमा पनि सकिएको छ ।

संसद्को विशेष अधिवेशन दिउँसो १ बजे बस्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस