सरकारी वार्ता टोली लिएर शिक्षामन्त्री बालुवाटारमा : डा. केसीका मागबारे प्रधानमन्त्रीसँग छलफल हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारी वार्ता टोली लिएर शिक्षामन्त्री बालुवाटारमा : डा. केसीका मागबारे प्रधानमन्त्रीसँग छलफल हुने


प्रशासन संवाददाता

२४ आश्विन २०७७, शनिबार


काठमाडौँ । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका माग बारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न सरकारी वार्ता टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल बालुवाटार पुगेका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि माग सम्बोधनका लागि प्रधानमन्त्रीसँग छलफल गर्न शिक्षा मन्त्री पोखरेल सरकारी वार्ताटोलीसहित बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ ।

डा. केसी पक्ष र सरकारी पक्षको वार्ता टोलीबीच शुक्रबार राति ९ बजेदेखि करिब डेढ घण्टालामो वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।

२७ देखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएका बेला वार्तामा छलछाम गरी सरकारले सत्याग्रहीप्रति अमानवीय व्यवहार देखाएको केसी पक्षका वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले बताए।

डा. केसीको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले थप आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको छ । केसी पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आरोप लगाएको छ ।

सरकारी टोली र डा. केसी पक्षबीचको वार्ता निश्कर्षविहिन

सरकार र डा. केसी पक्षबीच वार्ता सुरु 

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली, अनशन तोड्न आग्रह

१९ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य नाजुक, बोल्न छाडे

डा. केसीको मुटुको चालमा गडबडी

Tags :
प्रतिक्रिया दिनुहोस