डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली, अनशन तोड्न आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली, अनशन तोड्न आग्रह


२० आश्विन २०७७, मंगलबार


काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि भन्दै विगत २३ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली  त्रिवि शिक्षण अस्पताल पुगेको छ ।

अनशनरत डा. केसीलाई भेट्न शिक्षा सचिवसहित तीन जनाको टोली त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा. केसीलाई आग्रह गरेको छ ।

जवाफमा डा. केसीले भने यसअघि सरकारका प्रवक्ताले पनि त्यही भनेको भन्दै त्यसका लागि दुःख पाउनु नपर्ने थियो भनेका छन् । आफ्ना मागहरुबारे छलफल गर्ने हो भने औपचारिक रुपमा वार्ता टोली पठाउनुपर्ने उनको अडान छ ।

हालसम्म सरकारकोतर्फबाट डा. केसीको माग सम्बोधन गर्नका लागि कुनै पहल नभएको भन्दै आलोचना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस