२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार र डा. केसी पक्षबीच वार्ता सुरु 

अ+ अ-

काठमाडौँ । सरकारले सत्याग्रही डा. गोविन्द केसी पक्षसँग वार्ता सुरु गरेको छ । अपराह्न ४ बजेका लागि तय गरिएको वार्ता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको डा केसी पक्षका वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीले बताएका छन्

डा. केसीको वार्ता टोलीमा डा. क्षेत्री, डा. अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की सहभागी छन् । यस्तै सरकारका पक्षबाट वार्ता टोलीमा शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् ।

वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको र जुनसुकै समयमा आइसियुमा राखेर उपचार गर्नुपर्ने देखिएको चिकित्सकहरूले बताएका छन् । तर केसीले कुनै पनि उपचार नलिने अडानमा छन् ।

डा. केसीले गत भदौ २९ गते जुम्लाको एक मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । डा. केसीको माग सम्बोधन गरी सत्याग्रह टुङ्ग्याउने वातावरण बनाउन दबाब स्वरूप नेपाल चिकित्सक संघले (आज) बिहीबारबाट देशैभर दुई घण्टा धर्ना कार्यक्रम तय गरेका छन् ।

सरकारलाई चिकित्सक संघले डा. केसी सँग वार्ताका लागि टोली गठन गर्न र माग सम्बोधन गर्नका दिएको ७२ घण्टे अल्टिमेटम बुधवार सकिएको थियो । बुधवारै संघले आन्दोलनको घोषणासमेत गरेको थियो । संघले आन्दोलनको घोषणा गरे लगत्तै सरकारले वार्ता टोली गठन गरेको थियो ।