सिंहदरबार भित्रको सवारी पार्किङ : प्रधानमन्त्री कार्यालयकै निर्देशन अटेरी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरबार भित्रको सवारी पार्किङ : प्रधानमन्त्री कार्यालयकै निर्देशन अटेरी


२६ बैशाख २०७५, बुधबार


काठमाडौं । सिँहदरवारको सवारी पार्किङ व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको निर्देशन नै अटेरी गरिएको छ ।

सवारी पार्किङ व्यवस्थित बनाउन मन्त्रिपरिषद्को कार्यालयले गत वैशाख १३ गते मातहतका निकायलाई निर्देशन दिएको थियो । तर, दुई साता बित्दा पनि केही निकायले निर्देशन पालना गरेका छैनन् ।

सिंहदरवारको अस्तव्यस्त पार्किङबारे प्रशासन डट कमले गत चैत २८ गते शाशकहरूको पार्किङ शैली समाचार प्रकाशित गरेको थियो । त्यसपछि मन्त्रिपरिषद्को कार्यालयले पार्किङ व्यवस्थित गराउन चाँसो दिएको हो । त्यसयता प्रशासन डट कमले यहाँको पार्किङ अवस्थाबारे शृंखलावद्ध रूपमा समाचार प्रकाशन गर्दै आएको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशन अटेरी गर्नेमध्येको कार्यालयमा पर्छन्–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय । अहिले पनि यी मन्त्रालयका प्रांगण अघि अव्यस्थितरूपमा सवारी पार्किङ गरेको देख्न सकिन्छ ।

हेर्नुहोस् तस्बिर :

यसबारे यी मन्त्रालयका कर्मचारीले बेतुकको तर्क दिने गरेका छन् । पार्किङ क्षेत्र नहुँदा प्राँगणमै सवारी राख्नुपरेको त्यहाँका कर्मचारी बताउँछन् । तर, उनीहरूको यो भनाइमा एकरत्ति पनि तुक छैन ।

सिंहदरबार भित्र हजारौं सवारी पार्किङ गर्ने ठाउँ छ । यसलाई यी दुई तस्बिरले पनि पुष्टि गर्छ ।

हेर्नुहोस् तस्बिर :

 

 

यो त यी मन्त्रालयकै सबैभन्दा नजिकैका पार्किङ गर्न सकिने ठाउँ हुन्, जहाँबाट मुस्किलले ५० मिटरको दुरी पनि पार गर्नुपर्दैन । यस वाहेक पनि आँगनमा गाडी खडा गर्ने सोखलाई छोड्ने हो भने सिँहदरबारभित्र पार्किङका लागि जतिपनि ठाउँ छ ।

सिंहदरवारका निकायले व्यवस्थित रूपमा सवारी पार्किङ गर्न कहिले ध्यान पुर्याउलान्, त्यो भने हेर्न बाँकी नै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस