शासकहरुको पार्किङ शैली (फोटो फिचर) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शासकहरुको पार्किङ शैली (फोटो फिचर)


२८ चैत्र २०७४, बुधबार


सिंहदरबार । काठमाडौंको मध्य भागमा अवस्थित नेपालका प्रधानमन्त्री तथा अन्य मन्त्रीहरुको सरकारी कार्यालय रहेको परिसर हो सिँहदरबार ।

इस्वि संवत १९०३ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको लागि बनाउन लगाएको सिँहदरबार वि.सं. २००७ सालमा राणा शासनको अन्त्य (फागुन ७) पछि तत्कालीन श्री ५ को सरकारको स्वामित्वमा आयो । श्री ५ को सरकारको सचिवालय हुँदै सरकारी कार्यालयहरु राखिएको सिँहदरबार यतिबेला मुलुकको शासन संचालनको मुख्य केन्द्रबिन्दुका रुपमा रहँदै आएको छ ।

राष्ट्रका महत्वपूर्ण कार्यालयहरु रहने निकाय भनेपछि हरेक हिसावले सु–सज्जित, सु–सम्पन्न, सु–व्यवस्थित, सुरक्षित तथा नमुनायोग्य (बाहिरबाट आउने जो कोहीका लागि अनुसरणीय) नै हुन्छ भन्ने आम बुझाइ छ र त्यो स्वभाविकै पनि हो । तर, सिँहदरबारको वास्तविकता भने नितान्त फरक छ ।

गेटभित्र प्रवेश गरेसँगै मन्त्रालयको बाहिरी परिषरदेखि भित्री कार्यकक्ष सम्म पाइलै पिच्छै भद्रगोल देखिने सिँहदरबारभित्रको एउटा कहालीलाग्दो अवस्थाबारे प्रशासन डटकमको क्यामेराले केही तस्विर खिचेको छ । उच्च शासक तथा प्रशासकहरुको सरकारी कार्यालयहरुमा सोमबार सवारी पार्किङको अवस्था जे देखियो, जस्ताको त्यस्तै :

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस