काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले चौथो तह (प्राविधिक/अप्राविधिक)पदहरूका लागि दरखास्त आह्वान गरेको छ।
प्रदेश आयोगले शुक्रबार एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ बमोजिम चौथो तहमा सेवा, समूह, उपसमूह र तहका पदको आ.प्र. खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न (प्राविधिक/अप्राविधिक) पदमा विज्ञापन खुलाएको हो ।
योग्यता पुगेका उम्मेदवारहरूले आजदेखि वैशाख १७ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर वैशाख २४ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुस् सूचना :












