काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’, लाई पाँच दिनको लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत जबरजस्ती करणीको आरोप लगाएकी छन्। उक्त विषयमा अनुसन्धानको क्रममा प्रहरीले लम्साललाई पक्राउ गरेको जनाएको छ।
हालसम्म प्रहरीमा उनीविरुद्ध किटानी जाहेरी दर्ता भएको छैन। यस कारणले प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीबाट हिरासतको अनुमति मागेको थियो।







