२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले पार्टीलाई अत्यन्तै कठिन परिस्थितिमा पुर्‍याएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीले इतिहासकै चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको उल्लेख गरेका हुन्।

निर्वाचनबाट प्राप्त नतिजाले पार्टीले सोचेभन्दा गम्भीर धक्का दिएको उनको भनाइ छ। यसपटक अत्यन्त उत्कृष्ट परिणामको अपेक्षा नगरेको भए पनि यति ठूलो पराजय आउने अनुमान भने नगरेको उनले बताएका छन्।

ज्ञवालीका अनुसार निर्वाचनमा सहभागी हुँदा पार्टीले विभिन्न प्रतिकूल परिस्थितिको सामना गर्नुपरेको थियो। उनका अनुसार पार्टीका दर्जनौँ कार्यालय तोडफोड भएका, दुई सयभन्दा बढी नेता–कार्यकर्ताका घरमा क्षति पुगेको तथा पार्टी नेतृत्वका गतिविधिमाथि विभिन्न अवरोध र धम्की देखिएको थियो। यस्तो अवस्थामा पनि निर्वाचनमा सहभागी हुनु लोकतन्त्रप्रतिको प्रतिबद्धता र जनतामाथिको भरोसाको संकेत भएको उनले उल्लेख गरेका छन्।

उनले वर्तमान परिस्थितिको कारण खोज्ने क्रममा आन्तरिक तथा बाह्य दुवै पक्ष जिम्मेवार रहेको बताएका छन्। कतिपय कमजोरी समयमै सुधार गर्न सकिने प्रकृतिका भए पनि केही विषय परिस्थिति र शक्ति सन्तुलनका कारण नियन्त्रणभन्दा बाहिर रहेको उनको भनाइ छ। नीति, संगठनात्मक संरचना, कार्यशैली तथा नेतृत्व तहका भूमिकासम्बन्धी पक्षहरू पनि समीक्षा गर्नुपर्ने उनले औँल्याएका छन्।

ज्ञवालीले पार्टीभित्र वस्तुनिष्ठ र गहिरो आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्। समस्या स्वीकार नगरी अरूमाथि मात्र दोषारोपण गरिए संकट झन् गहिरिन सक्ने उनको चेतावनी छ।

उनले व्यापक अर्थमा वर्तमान अवस्था कम्युनिस्ट आन्दोलन मात्र नभई समग्र लोकतान्त्रिक आन्दोलनकै लागि पनि चुनौतीपूर्ण रहेको बताएका छन्। विगतमा नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि चुनावी पराजय भोगेको उदाहरण दिँदै विभिन्न सुधारात्मक उपाय अपनाउने प्रयास भएका शक्तिहरूले समेत अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनले उल्लेख गरेका छन्।

ज्ञवालीका अनुसार समस्या समाधानका लागि सामूहिक रूपमा समीक्षा गर्दै त्यसका निष्कर्षका आधारमा निर्णय लिनुपर्ने आवश्यकता छ। सामूहिक निर्णय र जबाफदेहितालाई संस्थागत गर्दै आन्दोलनको भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन्।

कठिन परिस्थितिलाई अन्तिम अवस्था नभई पुनः उभिने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले आत्मसमीक्षाबाट नयाँ तयारी सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।