२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रमपूर्ण प्रचार र मिडिया ट्रायलबाट बच्न कार्यकर्तालाई सचेत रहन शंकर पोखरेलको सुझाव

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको एकता बलियो बनाइराख्ने उद्देश्यले केही सञ्चार माध्यममार्फत फैलाइएका गलत जानकारी र नेताहरूको नाम जोडेर गरिएका ‘मिडिया ट्रायल’बाट बच्न पार्टीका कार्यकर्ता तथा समर्थकलाई आग्रह गरेका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको संदेशमा उनले सबै पार्टी पङ्क्तिलाई यस प्रकारका भ्रमपूर्ण प्रचारमा नपर्न अनुरोध गरेका छन्। उनले यसलाई पार्टीको आन्तरिक एकतालाई कमजोर पार्ने प्रयासको रूपमा व्याख्या गरेका छन्।

महासचिव पोखरेलका अनुसार पार्टीले देशभरका सबै निर्वाचन क्षेत्रको परिणामको समीक्षा प्रक्रिया सुरु गरिसकेको छ। प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको नतिजा संकलन गरेर चरणबद्ध विश्लेषण भइरहेको जानकारी उनले दिएका छन्। समीक्षा प्रक्रिया पूरा भएपछि आम निर्वाचन २०८२ को समग्र समीक्षा पनि गरिने छ।

पछिल्लो निर्वाचनको नतिजा एमालेका लागि अपेक्षाअनुसार नआएको पोखरेलले स्वीकार गर्दै, त्यसबाट सिक्ने र पार्टीलाई अझ सुदृढ बनाउने दिशामा नेतृत्व केन्द्रित हुने बताएका छन्। उनी भन्छन्, “हामीले विगतका गम्भीर चुनौतीहरू पार गर्दै यहाँसम्म आइपुगेका हौँ। वर्तमान चुनौतीहरूलाई दृढतापूर्वक सामना गर्दै पार्टी थप मजबुत बनाउने छ।”

पोखरेलले पार्टीभित्रको एकतालाई कायम राख्दै जनतासँगको सम्बन्ध र विश्वास पुन:स्थापित गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उनले कार्यकर्तालाई एकताबद्ध भएर काम गर्न आह्वान गर्दै त्यसो गर्दा भविष्यमा पार्टीले सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

पछिल्लो चुनावी परिणामपछि पार्टीभित्र समीक्षा र आत्ममूल्यांकन भइरहेको अवस्थामा महासचिव पोखरेलको यो अभिव्यक्तिले कार्यकर्तामा सचेतता र एकताको सन्देश दिएको विश्लेषकहरूले जनाएका छन्।