२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्युठान निर्वाचनमा काँग्रेस र एमाले उम्मेदवारको खर्च विवरण सार्वजनिक

अ+ अ-

काठमाडौँ। प्युठानमा प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेल र नेकपा एमालेका उम्मेदवार सूर्य थापाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा डा. पोखरेलले कुल २४ लाख ८० हजार २१५ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन्। विवरण अनुसार सवारी साधन भाडा तथा इन्धनमा ३ लाख ७५ हजार, दुई जनाको चार पटक हवाई यात्रा ८० हजार, २६० जनाको मतदाता प्रशिक्षणमा १ लाख ७५ हजार, ६४ वडास्तरीय प्रचार कार्यक्रममा ९ लाख ६० हजार, जिल्ला तथा वडास्तरीय सम्पर्क कार्यालय सञ्चालनमा ६ लाख ४० हजार, प्रचार प्रसारमा २ लाख ४० हजार २१५ र मनोनयनमा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

त्यसैगरी एमाले उम्मेदवार सूर्य थापाले २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। उनको विवरण अनुसार सवारी साधन भाडामा २ लाख ९० हजार, इन्धनमा ४५ हजार ८९, नमुना मतपत्र छपाइमा ९५ हजार, मनोनयनमा १० हजार, ६४ वडास्तरीय कार्यक्रममा ६ लाख ४० हजार, कार्यालय सञ्चालनमा १ लाख ३५ हजार, खाना तथा आवासमा २ लाख ५५ हजार, प्रेस तथा प्रचार पम्प्लेटमा ७५ हजार ४ सय र अन्य विविध शीर्षकमा ४ लाख ५९ हजार ६ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।