काठमाडौँ । भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरूको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ ।
निर्वाचन आयोगले आयोजना गरेको उक्त समारोहमा जापानलगायत मुलुकबाट आएका पर्यवेक्षकहरूका साथै यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी र मन्त्रिपरिषद्का सदस्यहरूको उपस्थिति थियो ।







