काठमाडौँ । उज्यालो नेपाल पार्टीबाट कञ्चनपुर-२ मा उम्मेदवार बनेका योगेन्द्र बहादुर साउदले मतदानको अघिल्लो दिन आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । पार्टी नै परित्याग गरेर उनी आफ्नो उम्मेदवारीबाट पछि हटेका हुन् ।
परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर आफूले यो निर्णय लिएको साउदको भनाइ छ । अब रास्वपाका उम्मेदवार दीपक बोहरालाई समर्थन र सहयोग गर्ने उनले बताए ।
उनले आजैका मितिदेखि आफू उज्यालो नेपालबाट अलग भएको पनि बताए । अब आफ्नो समर्थन रास्वपालाई नै हुने उनले प्रष्ट पारेका छन् ।







