२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलि हवाई गस्ती गर्ने केन्द्रीय सुरक्षा समिति बैठकको निर्णय

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन हुने दिन हवाई निगरानी सञ्चालन गर्ने निर्णय गरेको छ।

समग्र शान्ति-सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने निष्कर्ष निकालिएको मन्त्रालय स्रोतले जनाएको छ।

बैठकबाट मतदानको दिन आकाशमार्गबाट गस्ती परिचालन गर्ने, आवश्यकताअनुसार हेलिकप्टर तयारी अवस्थामा राख्ने तथा संवेदनशील क्षेत्रको निगरानी सुदृढ गर्ने विषयमा सहमति भएको जानकारी दिइएको छ। सुरक्षा व्यवस्थापनमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई समन्वित ढंगले परिचालन गर्ने निर्णय गरिएको छ।

बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष तथा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, विभिन्न सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। छलफलका क्रममा विद्यमान सुरक्षा अवस्था, निर्वाचनको तयारी, सम्भावित जोखिम व्यवस्थापन र शान्ति-सुरक्षासम्बन्धी विषयमा समग्र समीक्षा गरिएको जनाइएको छ।

यसअघि सोही दिन बिहान गृहमन्त्री अर्यालले देशभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट संवाद गरी जिल्लागत अवस्था, तयारी र चुनौतीबारे जानकारी लिएका थिए।