२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनालाई दिइयो खाँदबारी कारागारको सुरक्षा जिम्मा 

अ+ अ-

काठमाडौँ । संखुवासभाको खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रहरी खटिनु पर्ने भएका कारण जनशक्ति कम हुने भएकोले जिल्ला कारागार कार्यालय संखुवासभाको सुरक्षा जिम्मा सेनाले लिएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार २९ माघदेखि खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई दिइएको बताइएको छ।

इन्द्र दल गुल्म खाँदबारीबाट सेनाको टोली कारागार सुरक्षामा आफ्नो प्लाटुन खटाएको हो । यसअघि उक्त कारागारमा नेपाल प्रहरीले सुरक्षा दिँदै आएको थियो  ।

सरकारको निर्णय अनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ ।

यसैबीच निर्वाचनमा शान्ति सुरक्षा चुस्त राख्न नेपाली सेनाले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन  बेश स्थापना गरिसकेको जनाएको छ ।

बुधबारदेखि जिल्लाका १० वटै स्थानीय तहमा नेपाली सेना पुगिसकेको इन्द्र दल गुल्मले जनाएको छ । जिल्लामा निर्वाचनका लागि दुई हजार २ सय सुरक्षाकर्मी खटिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्ला कारागारमा १ सय ४७ जना पुरुष, ८ महिला कैदी बन्दी र दुई जना आश्रित बालबालिका रहेका छन् ।