२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी आर्थिक वर्षको बजेट तयारीमा मन्त्रालयगत परामर्श सुरु 

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट तर्जुमा प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउँदै मन्त्रालय र सरोकारवाला निकायसँग परामर्श सुरु गरेको छ।

बजेटमा स्रोतको प्राथमिकता र विनियोजन तय गर्ने उद्देश्यसहित संवैधानिक आयोगहरू तथा खर्च संरचना ठूलो भएका मन्त्रालय र निकायसँग चरणबद्ध छलफल थालिएको हो। यसक्रममा आज उच्च चालू खर्च हुने निकायहरू र विभिन्न संवैधानिक आयोगका प्रतिनिधिसँग बैठक सम्पन्न भएको छ।

छलफलको केन्द्रमा प्रशासनिक व्यय, नियमित कार्यक्रम तथा कानुनी रूपमा अनिवार्य दायित्व समेटिएका विषय रहेका छन्। अर्थ मन्त्रालयका अनुसार सरकारी खर्च व्यवस्थालाई अनुशासित र मितव्ययी बनाउँदै चालू खर्चलाई नियन्त्रणमा राख्ने तथा समग्र उत्पादकत्व बढाउने नीति अपनाइनेछ।

बैठकमा कर्मचारी तलब-भत्ता, कार्यालय सञ्चालन खर्च, सामाजिक सुरक्षा लगायत ठूलो रकम खपत हुने शीर्षकहरूको व्यवस्थापनबारे समेत विचार-विमर्श गरिएको छ। चालू खर्च निरन्तर बढ्दा विकास निर्माणका कार्यक्रमका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा खर्च प्राथमिकता पुनरावलोकन गर्ने आवश्यकता औँल्याइएको छ।

परामर्शमा सहभागी आयोग र मन्त्रालयका प्रतिनिधिहरूले आगामी वर्षका योजना, कार्यक्रम र ती कार्यान्वयनका लागि आवश्यक न्यूनतम बजेट संरचनाबारे आफ्ना सुझाव प्रस्तुत गरेका छन्।