२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कसूरसँग सम्बन्धित सम्पत्तिको अभिलेख व्यवस्थापनमा प्रविधि अपनाउन गृहमन्त्री अर्यालको निर्देशन

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले कसूरजन्य सम्पत्तिको समग्र विवरण एकीकृत रूपमा व्यवस्थापन गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गर्न निर्देशन दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको कार्य अनुगमनपछि प्रविधिमा आधारित अभिलेख प्रणाली निर्माण गर्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन्।

मन्त्री अर्यालले विभिन्न अनुसन्धानकारी निकायबाट आउने रोक्का तथा नियन्त्रणमा परेका सम्पत्तिको विवरण र अदालतबाट भएका फैसलाका आधारमा प्राप्त जानकारीलाई एउटै प्रणालीमा समेट्ने व्यवस्था गर्न जोड दिएका छन्। यसबाट कसूरजन्य सम्पत्तिको व्यवस्थापन प्रक्रिया थप प्रभावकारी र पारदर्शी हुने उनको धारणा छ।

गृह मन्त्रालयका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउने प्रयासमा सम्बन्धित विभागको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री अर्यालले विभागीय कार्यक्षमता सुदृढ बनाउन आवश्यक सुधार गर्नुपर्ने बताएका छन्।

सरकारी निकायबीचको समन्वय र प्रविधिको प्रयोगमार्फत कसूरजन्य सम्पत्तिको व्यवस्थापनलाई व्यवस्थित बनाउनेतर्फ मन्त्रालयले ध्यान केन्द्रित गरेको जनाएको छ।