२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय र सानोठिमीस्थित बाल सुधार गृहको आज अवलोकन गरेका छन् । 

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन भक्तपुरको दरबारस्क्वायरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र मध्यपुरथिमि सिन्टीटारस्थित कृषि विकास बैंक तालिम केन्द्रमा सञ्चालन गरिएको भक्तपुर क्षेत्र नं २ को निर्वाचन कार्यालयको निरीक्षण गरेका हुन् । 

मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धिसम्बन्धी अवधारणा, २०८२’ लाई कार्यान्वयनमा ध्यान दिन निर्देशन दिए । उनले प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई स्थानीय जनप्रतिनिधिलगायत सबैसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न निर्देशन दिएका छन्। 

मुख्य निर्वाचन अधिकृतसँगको छलफलमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको भन्दै आवश्यक समन्वय र सहजीकरणको लागि गृह मन्त्रालय तयार रहेको बताए ।

मन्त्री अर्याललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी,  जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतले यहाँको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचनको तयारीबारे जानकारी गराएका थिए । गृहसचिव, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुखलगायत उच्च अधिकारीसहितको टोली त्यहाँ पुगेको हो ।