२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पामा उज्यालो नेपाल पार्टीका उम्मेदवार काँग्रेसमा समाहित

अ+ अ-

काठमाडौँ । डोल्पा जिल्लाबाट उज्यालो नेपाल पार्टीको तर्फबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका दिलबहादुर विष्ट नेपाली काँग्रेसमा आबद्ध भएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विष्टले माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि शनिबार उनी औपचारिक रूपमा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।

उनीलाई काँग्रेस सहमहामन्त्री तथा सोही निर्वाचन क्षेत्रबाट काँग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले पार्टीमा स्वागत गरेका थिए। यद्यपि, पार्टी परिवर्तन गरे पनि विष्टको उम्मेदवारी भने यथावत् रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसअघि पनि मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी काँग्रेसमा प्रवेश गरिसकेकी थिइन्। निर्वाचन कार्यालयले माघ ९ गते शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयसीमा तोकेको भए पनि सो अवधिमा उम्मेदवारी फिर्ता नलिएका उम्मेदवारहरूले पार्टी प्रवेशपछि काँग्रेस उम्मेदवारलाई सहयोग गर्ने बताएका छन्।

विष्ट यसअघि पनि नेपाली काँग्रेसमै आबद्ध थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसबाट टिकट नपाएपछि उनी तत्कालीन माओवादीमा प्रवेश गरेका थिए र त्रिपुरासुन्दरी गाउँपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्दा पराजित भएका थिए।