२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विगतमा गरेको कामको आधारमा मत दिन विष्णु पौडेलको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन संरचना औपचारिक रूपमा गठन गरेको छ। सोही अवसरमा क्षेत्रीय स्तरको पार्टी कार्यालय पनि सञ्चालनमा ल्याइएको छ।

शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा क्षेत्रीय अध्यक्ष ऋषि पाण्डेको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी सार्वजनिक गरिएको हो। कार्यक्रममा पार्टी नेतृत्व तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विष्णु पौडेलले आगामी कार्यकालमा विकासको दायरा विस्तार गर्दै सामाजिक र मानवीय पक्षलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा केन्द्रित कार्यक्रमलाई प्रमुख कार्यसूची बनाइने धारणा राखे।

रुपन्देहीमा सम्पन्न भएका पूर्वाधार विकासका कार्यहरू अन्य क्षेत्रका लागि उदाहरणीय बनेको उल्लेख गर्दै पौडेलले आगामी चरणमा नागरिकको जीवनस्तर उकास्ने र आयआर्जनका अवसर विस्तार गर्ने योजनामा केन्द्रित भएर काम गर्ने बताए।

आफ्ना विगतका गतिविधि र योगदानको आधारमा जनताबाट मूल्यांकनको अपेक्षा गर्दै उनले मतदातालाई निष्पक्ष ढंगले निर्णय लिन आग्रह गरे।