२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि ओखलढुंगा निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्त तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार रहेका अमिरबाबु गुरुङको पक्षमा समर्थन जनाउँदै उम्मेदवारी फिर्ता गरेका हुन्।

तामाङ यसअघि नेकपाको उम्मेदवारीका लागि आकांक्षी रहेका थिए। एमालेबाट अलग भई नेकपामा प्रवेश गरेका अमिरबाबु गुरुङलाई पार्टीले उम्मेदवार बनाएपछि तामाङ असन्तुष्ट बनेका थिए र त्यसकै कारण स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका थिए। पछि उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ताको निवेदन बुझाएका छन्।

उम्मेदवारी फिर्ता गर्ने निर्णयबारे तामाङले अमिरबाबु गुरुङले अघिल्लो कार्यकालमा जनप्रतिनिधि तथा मन्त्रीका रूपमा निर्वाह गरेको भूमिकाबाट आफू प्रभावित भएको बताएका छन्।

गुरुङको अनुभव र कार्यसम्पादनले आगामी दिनमा पनि ओखलढुंगाको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वासका आधारमा समर्थनसहित उम्मेदवारी फिर्ता गरिएको उनको भनाइ छ।