काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी बहुमत ल्याउनेतिर अघि बढेको बताएका छन्।
उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेको एकल बहुमत आउने आधार देखिन थालिसकेको दाबी गरे।
उनले पार्टी अध्यक्ष केपी ओली राष्ट्रवादी नेता भएको जिकिर गर्दै नेपालका सान, मान अन्तर्राष्ट्रिय जगतमा बढाइरहेको बताए।
उनले भने, ‘कतिपय पार्टीले त स्थानीय उम्मेदवार नपाएर टुरिस्ट उम्मेदवार दिए भन्ने सुनियो, अन्य पार्टीका उम्मेदवार हेर्दा पनि यसपालि एमालेप्रति सद्भाव राखेर एमाले जितोस् भन्ने मनसाय राखेर नै उम्मेदवारी दिएको देखिन्छ। जनताले चिनेका र रुचाएका उम्मेदवार आउनुभएको छैन।’
उनले जनताले चिनेका रुचाएका उम्मेदवार आफूसँग भिड्न नआएको जिकिर गरेका छन्।







