काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगो लगाउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् ।
निर्वाचनमा कस्ता व्यक्तिलाई जिताउनुपर्छ भनेर जनतालाई बुझाउनुपर्ने भन्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौँमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन् । असंवैधानिक, लोकतन्त्र विरोधी, संसद् विघटनकर्ताहरू र देशलाई अरजकतामा धकेल्नेहरू हुन् । राजनीतिक पार्टी चाहिएन, नेता चाहिएन भन्नेहरू हुन् ।’
एमालेका लागि चुनावी प्रचारमा जाँदा गरेका कामहरूको लिस्ट लिएर गए हुने उनको भनाइ छ ।







