काठमाडौँ । राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
प्राध्यापन सेवा (शिक्षक) तथा प्रशासन सेवा (कर्मचारी)तर्फका विभिन्न पदको खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । प्राध्यापन सेवा शिक्षकतर्फ २२ जना छन् भने प्रशासन सेवा कर्मचारीतर्फ ११ जना कर्मचारीको दरखास्त मागेको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरूबाट आजदेखि मिति २०८२ / ११/०७ गतेसम्म (दोब्बर दस्तुर तिरेर मिति २०८२/११/१४ गतेसम्म) विश्वविद्यालय सेवा आयोगको वेबसाइटमार्फत दरखास्त दिन सकिने कार्यालयले जनाएको छ । अनलाइन फारम २०८२ माघ ११ गतेबाट भर्न सकिनेछ ।









