काठमाडौँ। गगन थापा नेतृत्वको नेपाली काँग्रेसले आगामी निर्वाचन केन्द्रित घोषणा पत्र तयार पार्न समिति गठन गरेको छ ।
विशेष महाधिवेशनबाट चयन भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सभापति थापाकै नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
त्यस्तै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।चालिसेले पार्टीको अभिलेखहरू अद्यावधिक गर्ने काम पनि तत्कालै सुरु हुने जानकारी दिए ।







