काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसमितिको बैठकमा नजाने भएका छन्।
विशेष महाधिवेशनमा सहभागी महामन्त्रीसहित केन्द्रीय सदस्यहरू काँग्रेस केन्द्रीय कार्यालयमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका हुन्।
विशेष महाधिवेशनमा प्रतिबद्ध भएर लागेका केन्द्रीय सदस्यहरू बैठकमा नजाने महामन्त्री निकट स्रोतले जानकारी दिएको हो।
काँग्रेसमा विशेष महाधिवेशनले उत्पन्न विवाद मिलाउन संस्थापन र महामन्त्रीद्वय पक्षबीच संवाद भइरहेको छ। संस्थापन पक्षले आन्तरिक छलफल गरेर रणनीति बनाइरहँदा महामन्त्रीद्वय विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाइरहेका छन्।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।







